आदर्णिय अमेरिकाबासी समस्त सिन्धुलिवासीहरूमा सादर नमस्कार ।

सर्वप्रथम तपाईहरू सबैले यस सिन्धुलि समाज अमेरिकाको स्थापनादेखिनैं पुऱ्याउदैं आउनुभएको योगदान प्रति सम्मान व्यक्त गर्न चाहन्छौ। हामी सबैले यस सिन्धुलि समाज अमेरिकालाई संस्थागत, सुदृढ र एकतावद्ध बनाएर लैजानका लागि तपाई सबैंको उत्तिकै भूमिका रहदैं आएको छ । सबैंको सक्रिय योगदानका कारण यस समाजलाई सफल , उर्जावान,सबैको प्रत्यक्ष सहभागिता र भविष्य बोकेको समाजको परिकल्पना गर्न सकिन्छ । अमेरिका निवासी सिन्धुलिबासी सबैमा सहभागिता जनाउनुहुन र यस अभियानमा सदस्यता लिई प्रत्यक्ष रुपमा जोडिनका लागि विनम्र अनुरोध गर्दछौ । तपाईहरु सबैका लागि संस्थाले आवश्यक पर्दा सकेको साथ र सहयोग गर्दै दुख सुखको सारथी बन्दै विदेशीभूमिमा कसरी आफ्नोपनको अभिभावत्व गहन गर्न सकिन्छ भन्ने हाम्रो यस संस्थाको चिन्ता र चासो रहेको हुदॅा यस अभियानमा हातेमालो गरिदिनुहुन सवैमा अनुरोध गर्दछौ ।

Membership : https://www.sindhulisamajusa.org/ssa-membership

आज हामी सॅस्थाको दोस्रो अधिवेशनको सॅघारमा उभिएका छौ यस सामाजिक अभियानलाई जिवन्त दिनका निम्ति सामाजिक सेवामा ईच्छा राख्ने साथिहरूलाई जिम्मेवारी प्रदान गर्नु हाम्रो कर्तब्य हुन आउछ यसर्थ संस्थाको सदस्य बन्दा हामीले प्रत्यक्ष रुपमैं आफ्ना विषयहरु को सम्वोधन गर्न सक्छौ जन्मभूमि र कर्मभूमि विचको यात्रामा हामि कोहि एक्लै यात्रा तय गर्नुपर्ने अवस्था नआओस एक अर्काको दुख र प्रगतिलाई कसरी साटासाट गर्दै सहयोगको वातावरण निर्माण गरी तपाई हामी सबैको आवश्यकता महसुस गर्री हामी सबैले गर्वको अनुभूति गर्न सक्ने सिन्धुलि समाज अमेरिका निर्माणमा सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौ । 

 

सिन्धुलि समाज अमेरिका

sindhulisamajusa.info@gmail.com